Logo

फराकिलो हारसंगै बाहिरियो मनाङ एएफसी कपबाट



Spread the love

४ असार, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब एएफसी कपबाट बाहिरिएको छ ।
बंगबन्धु रंगशालामा घरेलु टोली ढाका अवहानी लिमिटेडसँग ५–० को फराकिलो अन्तरले हार व्यहोर्दै प्रतियोगिताबाट एक खेल अगावै बाहिरिएको हो ।
मनाङले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल खान पुग्यो । ११ औं मिनेटमा मोहम्मद नविब नेवाज जीवनले गोल गर्दै अवहानीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अवहानीले अर्को गोल गर्दै दोब्बर अग्रता बनाए । दोस्रो हाफमा मनाङले झनै खराब प्रदर्शन गर्‍यो । ६३ औं, ७५ औं र खेलको अतिरिक्त समयमा गोल खादै ५–० गोल अन्तरले पराजित भयो ।

प्रतियोगितामा पाँच खेलसकेको मनाङ दुई अंकसहित समूहको चौथो तथा अन्तिम स्थानमा छ। यो हारपछि मनाङ दोस्रो चरण नपुग्ने पनि निश्चित भएको छ। मनाङ रहेको समूह ‘इ’मा  शीर्षस्थानमा अबहानीको पाँच खेलबाट १० अंक छ।

प्रतिक्रिया दिनुहोस्