Logo

सुरुङमा फसेका १७ कामदारको सकुशल उद्धार



Spread the love

 ६ असार, रसुवा । रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा एक्कासी सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । राति नै उद्धारको प्रयास भए पनि सम्भव नभएपछि बिहान मात्रै उद्धार गरिएको थियो ।

गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका थिए । उनका अनुसार ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्