Logo

बादी समुदायलाई जीवनोपयोगी सीप



Spread the love

 ६ असार, जाजरकोट । माछा मारेर गुजारा चलाइरहेका नलगाड नगरपालिका–७ स्थित बादी समुदायलाई नगरपालिकाले वैकल्पिक व्यवसायतिर आकर्षित गरेको गरेको छ ।

  तीन महीनाका लागि नलगाड नदी र भेरी नदीमा माछा मार्न रोक लगाइएकाले लामो समयदेखि माछा मारेर दैनिक परिवारको पालनपोषण गरिरहेका सो समुदायलाई दीर्घकालीन जीवनयापनका लागि तालीम र खाद्यान्न उपलब्ध गराइएको हो । उनीहरूलाई १० दिने होजियारी तालीम दिइएको नगरप्रमुख टेकबहादुर रावलले बताए । उनन्तीस घरपरिवार रहेका मिहिनेती बादी समुदायलाई उद्यमशील बनाई  आत्मनिर्भर बनाउनका लागि पहिलो चरणमा  २५  महिलालाई १० दिने होजियारी तालीम दिइएको छ ।

दोस्रो चरणमा नगरपालिकाले १० महिलालाई दुईमहीने होजियारी तालीम दिइरहेको छ भने २०  युवालाई हाउस वायरिङ, १५ युवालाई डकर्मी तालीम दिइएको छ । उनन्तीस घरपरिवारलाई खानका लागि चामल वितरणसमेत गरिएको नगरप्रमुख रावलले बताएका हुन् ।

तीस वर्षभन्दा पहिलेदेखि माछा मार्ने पेशामा सम्लग्न हुँदै आएकाले आफूहरूलाई स्थायी बासिन्दाको रूपमा मान्यता दिनुपर्नेमा जोड दिँदै स्थानीयवासी चन्द्रबहादुर बादीले ३० वर्ष पहिला आलो माछाको मूल्य प्रतिधार्नी रु ३२ मा विक्री गरिएकामा  अहिले आलो माछा प्रतिधार्नी रु एक हजार २०० मा विक्री गर्दा पनि  आफूहरुको अवस्थामा सुधार नआएको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्