Logo

भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि पुन : सञ्चालन



Spread the love

 ६ असार , भक्तपुर। कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि सञ्चालन गरिएको  छ ।

वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो ।

विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए ।

अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपानेको नेतृत्वमा रहेको वार्ता टोलीले आन्दोलनरत कर्मचारीसँग छलफल गरी उनीहरूको माग पूरा गराउने सहमति गराएपछि बन्द सेवा सञ्चालनमा आएको  आन्दोलनरत कर्मचारीे सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए ।

उनले विगत १० दिनदेखि जारी आन्दोलन भने फिर्ता नलिएको तर सेवा ठप्प पारेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भएकाले सेवा चालू गराइएको बताए । आन्दोलनरत् कर्मचारीले आज पनि हातमा कालो पट्टि बाधेर काम गरिरहेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेर निष्काशनको तयारी गरेको भन्दै २२ वर्षदेखि कार्यरत ३५ कर्मचारी आन्दोलनमा उत्रिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्