Logo

सडकमा सडक बत्ती जडान



Spread the love

६ असार , रारा मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ ।

सडक बत्तीको उद्घाटन गर्नुहँुदै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताए । उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराएका छन् ।

गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्