Logo

विश्वकप क्रिकेट : उपाधि दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दै



Spread the love

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्दैछ । रोज बल स्टेडियममा साँझ ३ः१५ बाट खेल सुरु हुनेछ ।

विश्वकपमा अहिलेसम्म भारतले उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा अपराजित छ ।

उसका उच्चक्रमका ब्याट्सम्यानले निरन्तर एकरुपको प्रदर्शन गरिरहेका छन् । बलिङ र फिल्डिङमा पनि भारतको प्रदर्शन उत्कृष्ट छ । अफगानिस्तानले यसअघि व्यहोरेका सबै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर देखिएको छ ।

विश्वकपमा पहिलो पटक भारत र अफगानिस्तान भिड्न लागेका हुन् । उपाधि दाबेदार भारत अफगानिस्तानमागि सहज जित निकाल्ने दाउमा छ । त्यस्तै , अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्