Logo

साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन



Spread the love

७ असार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।

उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ”, उहाँले भन्नुभयो । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

–––रासस

प्रतिक्रिया दिनुहोस्