Logo

विश्वकप क्रिकेट: टस जितेर भारतले ब्याटिङ रोज्यो



Spread the love


७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । रोजबल क्रिकेट मैदानमा अफगानिस्तान भारतविरुद्ध बलिङ गर्न मैदान उत्रेको छ ।

 यो खेलका लागि भारतले टिममा एक परिवर्तन गरेको छ । प्लेइंग इलेभनमा भुवनेश्वर कुमारको ठाउँमा मोहम्मद शमीलाई ल्याएको छ । अफगानिस्तानले भने दुई खेलाडी परिवर्तन गरेको छ ।

उपाधि दाबेदार भारत अफगानिस्तानमागि सहज जित निकाल्ने दाउमा छ । त्यस्तै , अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, मोहम्मद सामी, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह,विजय शंकर

अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह, हज्रतुल्लाह जजाई, नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, अफ्ताब आलम

प्रतिक्रिया दिनुहोस्