Logo

अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु



Spread the love

७ असार, अर्घाखाँची ।  शनिबार अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाले ज्यान गुमाएको छ ।

लु३६प ६९८० नम्बरको गुडिरहेको मोटरसाइकलबाट खसेर पाणिनी गाउँपालिका निवासी ४२ वर्षीय सुशीला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुडिरहेको मोटरसाइकलबाट एक्कासि बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्