Logo

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध अफगानिस्तानले पहिला फिल्डिङ गर्दै



Spread the love
९ असार, काठमाडौं ।  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्दैछ  । इंग्ल्यान्डको साउथह्याम्पटनमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने भएपछि बंगलादेशले ब्याटिङको निम्तो पाएको हो ।
प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तानको लागि आजको खेल प्रतिष्ठाको लडाईमात्र हुने छ ।  छैटौं स्थानमा रहेको बंगलादेशलाई भने आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा विजयी भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा कायमै राख्ने छ ।

अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह,समिउल्लाह शिनवारी , नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, दवालत जदरान

बंगलादेशको प्लेइङ ११ : तामिम इकवाल,सौम्य सरकार,सकिब अल हसन,मुश्फिकुर रहिम,लिटन दास,महमदुल्लाह,मोहम्मद सैफुद्दीन ,मेहदी हसन मिराज,मशरर्फे मोर्तजा(कप्तान) मोसादेक हसन, मुस्ताफिजुर रहमान

प्रतिक्रिया दिनुहोस्