Logo

‘ए मेरो हजुर २’ को ‘साइला दाई’ बोलको गीत रिलिज (भिडियो)



Spread the love

अभिनेत्री  झरना थापाको  निर्देशनमा बनेको चलचित्र  ‘ए मेरो हजुर २’  को दोस्रो गीत सार्वजनिक भएको छ।  सार्वजनिक  ‘किनिदेउ न साइला दाई’ बोलको गीतमा साधना सरगमको आवाज रहेको छ।

a-mero

लोकबिटमा गाइएको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको मारुनी शैलीमा नृत्य गरेकी छिन्। बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई कविराज गहतराजको कोरियोग्राफी गरेका हुन्।

a-meroo

चलचित्रमा साम्राज्ञीका साथै सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।

a-mero-hajur

भदौ १६ बाट देशभर प्रर्दशनमा आउने यस चलचित्र लाई  सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

हेर्नुहोस भिडियो:

https://youtu.be/YRf2S490FkY

प्रतिक्रिया दिनुहोस्