Logo

सत्यवती गाउँपालिकाद्वारा बजेट निति तथा कार्यक्रम पेश, यस्ता छन् प्राथमिकताका आधारहरु



Spread the love

११ असार, गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाले मङ्गलबार पाँचाैँ गाउँसभा मार्फत बजेट नीति तथा कार्यक्रम पेश गरेको हो ।

मङ्गलबार गाउँपालिकाकी उपाध्यक्ष सुर्वणा शेरचनले वार्षिक नीति तथा कार्यक्रमसँगै ३८ करोड २९ लाख ४८ हजार ६ सय ३४ रूपैँया बराबरको बजेट पेश गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले सल्लेरी खबरलाई बताए । सत्यवती गाउँपालिकाले आयोजना छनौट गर्दा जनताका प्रमुख प्राथमिकताका आधारमा छनोट गर्ने जनाएको छ ।

बजेट नीतिले सहज जनजीविका र विकासका लागि अत्यावश्यक रहेका भौतिक पुर्वाधारहरु, उत्पादनमूलक र शीघ्र प्रतिफल दिने आर्थिक विकास र गरिबी न्युनिकरणमा योगदान पुर्‍याउने लगायत छिटोछरितो र प्रभावकारी रुपमा सेवा प्रवाह हुने, पारदर्शिता र सुशासन युक्त संस्थागत विकास, स्थानीय स्रोत र साधनलाई प्राथमिकता दिने सहित जनसहभागिता अभिवृद्धि हुने, परम्परागत धर्म संस्कृति, चाडपर्व, मेला आदिको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने, वातावरण संरक्षण र दिगो विकासमा टेवा पुर्‍याउने, गाउँपालिका र उपभोक्ताबीच साझेदारी एवम् जनसहभागितामा जोड दिने उल्लेख गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्