Logo

आमाले विवाहको प्रस्ताव अस्वीकार गर्दा छ वर्षीय छोरीको अपहरण



Spread the love

११ असार, बुटवल । एक महिलाले विवाहको प्रस्ताव नमान्दा उनकी छोरीलार्ई अपहरण गरेका छन् ।

असार ९ गते साँझ ८ बजे तिलोतमा नगरपालिकाकी छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका का जयराम दासले घरबाटै नै अपहरण गरेका थिए । दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताब अस्वीकार गर्दा उनको छोरीलाई दासले अपहरण गरेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

बालिकालाई बुटवलको होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टबाट सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दास अहिले प्रहरीको हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्