Logo

गुल्मी टेलिभिजनले गर्यो १०० वर्षीय वृद्धाको उद्धार



Spread the love

१२ असार, गुल्मी – गुल्मीको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनले १ सय वर्षीया वृद्धाको उद्धार गरेको छ । जिल्लाको ईश्मा गाउँपालिका वडा नम्वर ५ मा वस्ने १ सय वर्षीय एकल महिला जोली कुमाललाई गुल्मी टेलिभिजनले मङ्गलबार उद्धार गरेको हो ।

आफ्ना सन्तान नहुँदा बुढेसकालमा बेसहारा बनेकी यि वृद्धाको घरमै गएर टेलिभिजनले स्थलगत रिपोर्ट समेत तयार पारेको थियो । तयार पारेको रिपोर्ट टेलीभिजनले टेलिभिजन तथा सामाजिक सञ्जालमा समेत प्रशारण गरेको थियो । प्रशारित भिडियोबाट प्रभावित भई देशविदेशबाट सङ्कलित आर्थीक रकमले खाद्यान्न किनेर मङ्गलबार स्थानीय जनप्रनीधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरेको हो ।

१ सय वर्षीया एकल महिला जोली कुमालको वृद्धा भत्ता रोकिएको र स्थानीय सरकारले दिएको टिन समेत लाउन नसकेको, बत्ती नभएको , खानेपानीको चरम समस्या रहेकोप्रति टेलिभिजन र सल्लेरी खबरले वडा अध्यक्ष कलानीधि भण्डारीको ध्यानार्कषण समेत गराएको छ ।

गुल्मी टेलिभिजन र सल्लेरी खबरले गरेको ध्यानाकर्षण पश्चात् १५ दिन भित्र जोलीका सबै समस्याको समाधान गर्ने वडा अध्यक्ष कलानीधि भण्डारीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्