Logo

सलाहको इजिप्टले अन्तिम १६ को यात्रा तय गर्न सफल



Spread the love

१२ असार, काठमाडौं । अफ्रिका कप अप नेसन्सको प्रि–क्वाटरफाइनलमा इजिप्ट प्रवेश गर्न सफल भएको छ । इजिप्टले डीपिआर कंगोलाई २–० ले हराउदै समूहमा एक खेल बाँकी रहदै अन्तिम १६ को यात्रा तय गरेको हो ।

इजिप्टलाई जित जिताउन क्रममा अहमेद इएल मेहमाडी र मोहम्मद सलाहले गोल गरे । खेलको २५औं मिनेटमा अहमेद इउलको गोलमा घरेलु टोलीले अग्रता बनायो । सलाहले ४३औं मिनेटमा गोल गरेसँगै इजिप्ट पहिलो हाफमा २–० ले अग्रता लियो ।

दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि आयोजकले पहिलो हाफमा लिएको अग्रता जोगाइराख्न सफल भयो ।दुई खेलबाट इजिप्टको समूह ‘ए’ मा ६ अंक रहेको छ । युगान्डाको ४ तथा जिम्वावेको १ अंक तथा कंगो अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्