Logo

धेरै गुनासो गर्ने बानी मनोरोगीको लक्षण



Spread the love

कोही व्यक्तिहरु यस्ता पनि हुन्छन् जसलाई प्रत्येक कुरामा गुनासो गर्नुपर्छ । कुनैपनि कुराले उनीहरु पूर्ण सन्तुष्ट वा खुसी हुँदैनन् । हरेक कुरामा केही न केही खोट निकाली रहनछन् ।

हामी आफ्नो गुनासो अक्सर अरुलाई नै पोकिरहेका हुन्छौं । गुनासो व्यक्त गर्ने अनेक तरिका छन् । जस्तै रोएर, ठुस्किएर, झगडा गरेर, चर्काचर्की गरेर । जे कुरामा पनि चित्त नबुझाउने । जति-जति गुनासो गर्दै जान्छौ, यो थप बढ्दै जान्छ । किनभने गुनासो गर्नु नै खराब प्रवृत्तिको विकास गर्नु सरह हो ।

गुनासो वास्तवमा कुनै समाधान पनि होइन । जब तपाईं कुनै कुरामा गुनासो गर्नुहुन्छ, त्यसले तपाईंको समस्याको हल हुँदैन । बरु यसको साइड इफेक्ट छ । त्यो के हो भने, गुनासो गर्ने बानीले तपाईंको व्यक्तित्वमा निक्कै असर गर्छ । तपाईंको व्यक्तित्व नै धराप बनाइदिन्छ ।

कतिपय कुरामा तपाईंलाई चित्त बुज्दैन । कतिपय कुरा तपाईंलाई ठिक लाग्दैन । तर, त्यसको प्रतिक्रिया जनाउने अरु थुप्रै तरिकाहरु पनि छन् । त्यसैले ,तपाईंले गुनासो गर्नुपर्छ भन्ने छैन । कतिपय कुरामा तपाईंले एकोहोरो गुनासो गरिरहँदा तपाईंप्रति अरुले हेर्ने दृष्टिकोण नै खराब हुनसक्छ ।

हामी किन गुनासो गर्छौ ?

गुनासो गर्नु भनेको सेल्फ डिफेन्सको कमजोर तरिका पनि हो । हामीमध्ये धेरैले यो कुरा स्विकार गर्नै सक्दैनौ कि, हामीबाट पनि केही गल्ती भएको छ । हामीले पनि केही कमजोरी गरेका छौ । गुनासो गरेर हामीले आफ्नो गल्ती अस्विकार गर्ने राम्रो बाहाना पाउँछौं ।

धेरै गुनासो गर्ने बानीले यस्ता साइड इफेक्टहरु निम्त्याउछ

  • गुनासो गरिरहँदा त्यो हाम्रो बानी बन्छ ।
  • यसले हाम्रो मानसिकता तथा स्वास्थ्य विकृत हुन्छ, आत्मविश्वासमा समेत कमि हुन्छ ।
  • हाम्रो सामाजिक प्रतिष्ठामा पनि यसले आँच पुर्‍याउँछ । गुनासो गर्ने बानीले कसैसँगको सम्बन्धमा फाटो ल्याउँछ ।
  • कुनैपनि कुरामा तुरुन्तै प्रतिक्रिया जनाउन सक्दैन । आफुलाई चित्त नबुझेको कुरामा आवाज उठाउन सक्दैन । यसले उनीहरुलाई चिन्ता, तनाव वा डिप्रेसनमा पुर्‍याउँछ ।
  • नकारात्मक भावना बढ्दै जान्छ । निरासावादी सोंच विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्