Logo

बार्सिलोनाले भित्र्यायो ब्राजिलियन गोलरक्षक नेटोलाई



Spread the love

१२ असार, काठमाडौं । नयाँ सिजनको पहिलो अनुबन्धनको रुपमा क्याटलान क्लब बार्सिलोनाले ब्राजिलियन गोलरक्षक नेटोलाई भित्र्याएको छ ।

क्लबका दोस्रो रोजाईका गोलरक्षक जास्पर सिलेसनलाई मंगलबार भ्यालेन्सिया पठाएसंगै बार्सिलोनाले बुधबार नै उनको स्थानमा ब्राजिलियन गोलरक्षकलाई अनुबन्धन गरेको हो । नेटोलाई ४ वर्षको लागि २६ मिलियन युरोमा अनुबन्धित गरेको छ ।

२९ वर्षीय गोलरक्षकले भ्यालेन्सियाका लागि ४७ खेल खेल्दै १० क्लिन सीट राखेका थिए । बार्सिलोनाले उनको रिलिज क्लज २ सय मिलियन युरो तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्