Logo

उत्कृष्ट फर्ममा रहेका कोहलीले तोडे सचिनको कीर्तिमान



Spread the love

१२ असार, काठमाडौं ।भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सबभन्दा छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्स्म्यान बनेका छन् ।

बिहीवार वेस्ट इन्डीजविरुद्ध ब्याटिङ गर्ने क्रममा ३७ रन बनाउदै विराटले यो कीर्तिमान कायम गरेका हुन् । भारतका महान् ब्याट्स्म्यान सचिन तेन्दुलकर र वेस्ट इन्डीजका महान् खेलाडी ब्रायन लाराको कीर्तिमान तोड्ने क्रममा कोहलीले जम्मा ४१७ इनिङमा २० हजार रन बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्