Logo

३ वर्षदेखी पुल अलपत्र, जिल्लाका ३ मन्त्री सहित १० जना सांसद् भएपनि अझै पुगेन ध्यान



Spread the love

 

१२ असार, गुल्मी – गुल्मीको १ पुल ३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको सत्यवती गाउँपालिका र रुरु गाउँपालिकालाई जोड्ने गरी बडीगाड खोलामा निमार्णाधीन पुल अलपत्र परेको हो । वि.स २०७० साल असार २६ गते देखी निमार्ण सुरु गरिएको उक्त पुल अहिले ६ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन ।

निमार्ण सूरु गरिएको ३ वर्ष भित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी शान्ति जे.भीले ५ करोड ५० लाख रकममा डिभिजन कार्यलय पाल्पासँग सम्झौता गरेको मदन भण्डारी राजमार्ग कार्यलय तम्घासका सुचना अधिकारी सुनित केसीले बताए । अहिले सम्म ५० प्रतिशत काम सम्पन्न भएको र ४५ प्रतिशत रकम भुक्तानी कम्पनीले लिई सकेको मदन भण्डारी राजमार्गको कार्यलयले जानकारी दिएको छ ।

१ सय २५ मिटर लम्वाई र ७.५ मिटर चौडाई रहेको पुल निर्माण हुने भनेपछि हर्षीत बनेका स्थानीयवासी यतिबेला पुल कहिले बन्छ भन्ने कुनै टुङ्गो नलाग्दा निराश बनेका छन् । यता मदन भण्डारी राजमार्गको कार्यलयले भने बिचको पिल्लर खन्ने क्रममा समस्या निस्केको हुदाँ केही समयको लागि रोकिएको बताएको छ । ठेकेदारसँग सम्पर्क भईरहने र माटो परीक्षणको काम अगाडी बढाउने कार्यालयको भनाई रहेको छ ।

नेताहरुको अझै पुगेन ध्यान

३ मन्त्री सहित १० जना सांसद् गुल्मी जिल्लाका भएता पनि यस पुल तर्फ कसैको ध्यान पुग्न सकेको छैन । पुल निर्माण स्थल तत्कालीन नेपाल सरकारका मूख्य सचिव तथा हाल चीनका राजदुत समेत रहेका लिलामणी पौडेल र नेपाल सरकाका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको निवार्चन क्षेत्र समेत हो । जिल्लाबाट दश ,दश जना सांसद भएतापनि एकजनाले समेत पुल निर्माणमा पहल नगर्नु दुःखद् विषय बनेको छ ।

यता गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले सबै तिर आवाज उठाएको तर कतैबाट पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्