Logo

सेनेगलमाथि कठिन जित अल्जेरिया प्रि–क्वाटरफाइनलमा प्रवेश



Spread the love

१३ असार, काठमाडौं । अल्जेरियाले सेनेगललाई १–० ले पराजित गर्दै अफ्रिका कप नेसन्समा एक खेल अगावै प्रि–क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार राति लियोपोल्ड सेडार स्टेडियममा भएको खेलमा अल्जेरियाका लागि ४९औं मिनेटमा एकमात्र निर्णायक गोल मोहमेद युसुफ बेलाइलीले गरेका थिए । त्यसपश्चात थप गोल हुन नसक्दा अल्जेरिया १–० ले विजयी भयो ।

अपराजित यात्रा बनाई राखेको अल्जेरियाको दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै सेनेगल र केन्याको ३ अंक रहेको छ । तान्जिनिया भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्