Logo

विश्वकप क्रिकेट : श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्ने रणनीतिमा



Spread the love

१३ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट सुरु हुनेछ ।

श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल यात्रालाई जोगाइराख्ने लक्ष्यमा हुनेछ । त्यस्तै , प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकाका लागि श्रीलंकाविरुद्धको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। अब जारी विश्वकपमा दक्षिण अफ्रिकाको एउटै लक्ष्य जित निकाल्नु हुनेछ। आजको खेलमा श्रीलंकालाई हराए दक्षिण अफ्रिकालाई राहत मिल्नेछ। तर श्रीलंकाको सेमिफाइनल यात्रा भने कठीन बन्नेछ।

६ खेलमा ६ अंक जोड्दै श्रीलंका तालिकाको सातौं स्थानमा छ । दक्षिण अफ्रिका ७ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा छ ।

दुवै टोलीको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले पाँचै खेलमा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्