Logo

अफगान बलरलाई बिचैमा पठाइयो स्वदेश फिर्ता



Spread the love

१३ असार, काठमाडौं । अफगानिस्तान टोलीमा बलर अफ्ताफ अलामको स्थानमा साइद अहमेद शिरजाडलाई मौका दिइएको छ। जारी विश्वकपमा अफगानिस्तानका लागि मध्यम गतिका दायाँ हाते बलर अफ्ताफले ३ खेल खेल्दै ४ विकेट हात पारेका थिए।

अफगानिस्तान क्रिकेट बोर्डले ‘आइसिसीको आचार संहिता विपरित काम’ गरेको भन्दै अफ्ताफलाई स्वदेश फर्काइएको जनाएको छ।मैदानमा गरेको अभद्र व्यवाहारका कारण अफ्ताफको भविष्य पनि संकटमा पर्ने देखिएको छ।

जारी विश्वकपमा अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्