Logo

पाराग्वेलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा



Spread the love

१३ असार, काठमाडौं । कोपा अमेरिका २०१९ को सेमिफाइनलमा ब्राजिल प्रवेश गरेको छ । ९० मिनेटको निर्धारित खेलमा दुवै तर्फबाट गोल नभएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो । ब्राजिल टाइब्रेकरमा ४-३ ले विजयी भयो ।

पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले बचाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सिमित भयो । फाबियन बालबुएनाले रोबर्टो फिर्मिनोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय लिएका थिए । रेफ्रीले सुरुवातमा ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेपनि भीएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।

निर्धारित समयको तीन मिनेट बाँकी रहँदा पाराग्वेका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । थप गरिएको ७ मिनेट इन्ज्युरी समयमा ब्राजिलले पाएको दुई अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्