Logo

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’



Spread the love

१३ असार, नारायणपुर । जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालि लाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए ।

दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ घाइते भए । नौ हजार ३८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरु बस्दै आएका करीव एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमीनमा विलिन भए । यसले झन् गरीबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो ।  रोजगार र बालबालिकाहरुको शिक्षा समेत अस्तव्यस्त भए ।

दाङमा बितेको एक वर्षमा दैवी प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार एक वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो । एक वर्षमा विपद्कै कारण १७१ घरमा क्षति पुगेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्