Logo

गुल्मीमा लागुऔषध विरुद्ध अन्तरक्रिया कार्यक्रम, यो वर्ष ७ जना विरुद्ध मुद्दा दर्ता



Spread the love

१३ असार, गुल्मी – लागुऔषध तथा दुर्व्यसन विरुद्ध सरोकारवाला बिच गुल्मीको सदरमुकाम तम्घासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजना तथा नेपाल आदीबासी पत्रकार महासंघ केन्द्रिय कार्यलय ललितपुरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा लागु औषधको प्रयोग, यसको असर तथा यसबाट बच्न सक्ने उपायहरूको बारेमा व्यापक छलफल भएको थियो । साथै पछिल्लो समय जिल्लामा लागु औषधको कारेबार बढेको भन्दै मानवअधिकारकर्मी तथा समाजसेवीहरुले दुःख व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुँवरले लागऔषधको बारेमा जिल्लाको गतिविधिबारे जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा मानवअधिकारवादी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आ-आफ्ना धारण समेत राखेका थिए ।

गुल्मीमा यो आर्थिक वर्ष लागुऔषध विरूद्ध ७ जनाका विरूद्धमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यलय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्