Logo

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर पहिला फिल्डिङ गर्दै



Spread the love

१३ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाबिरुद्द दक्षिण अफ्रिकाले पहिला फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल यात्रालाई जोगाइराख्ने लक्ष्यमा हुनेछ । त्यस्तै , प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकाका लागि श्रीलंकाविरुद्धको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। अब जारी विश्वकपमा दक्षिण अफ्रिकाको एउटै लक्ष्य जित निकाल्नु हुनेछ। आजको खेलमा श्रीलंकालाई हराए दक्षिण अफ्रिकालाई राहत मिल्नेछ। तर श्रीलंकाको सेमिफाइनल यात्रा भने कठीन बन्नेछ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ : क्विन्टन डी कक, हसिम हमला, फाफ डु प्लेसिस(कप्तान), एडेन मार्कराम, रस्सि भान डर दुसेन, ड्वाइन प्रीटोरियस, एन्डिलो फेहलुकवलो, क्रिस मोरिस, कागिसो रबाडा, जेपी ड्युमिनी, इमरान ताहिर ।

श्रीलंकाको प्लेइङ ११ : दिमुथ करुणारत्ने(कप्तान),कुशल परेरा,अविष्का फर्नान्डो,कुशल मेन्डिस,एन्जिलो मेथ्युज,धनञ्जय डी शिल्भा,थिसेरा परेरा,जीवन मेन्डिस,इसरु उडना,लासिथ मलिंगा र सुरुङ्गा लकमल ।

प्रतिक्रिया दिनुहोस्