Logo

प्रहरी ब्यारेक भवनको उद्घाटन



Spread the love

१४ असार, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको ब्यारेक भवनको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन करोड ६१ लाख ९४ हजारको लागतमा अधिकृत तथा जवान बस्ने ११ कोठे ब्यारेकको सुनकोशी शान्ति देवी जेभी कन्स्ट्रक्सनले निर्माण गरेको हो ।

भवनको प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले उद्घाटन गरे । सो अवसरमा एआइजी राईले देशमा शान्तिसुरक्षा तथा अमनचैन कायम राख्न नेपाल प्रहरी कटिबद्ध रहेको बताइन् । सो अवसरमा भवनसम्बन्धी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले प्रतिवेदन पेश गरेका थिए थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङ, जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्