Logo

कोलोम्बियालाई पराजित गर्दै चिली सेमिफाइनलमा प्रवेश



Spread the love

१४ असार, काठमाडौं । कोपा अमेरिका २०१९ को सेमिफाइनलमा साविक विजेता चिली प्रवेश गरेको छ । टाइब्रेकरमा कोलोम्बियालाई ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा स्थान बनाएको हो ।

९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरीमा भएपछि खेलको नतिजा टाइब्रेकरतर्फ धकेलिएको थियो। दवै टोलीको सुरुवाती ४ प्रहार गोलमा परिणत भए । कोलोम्बियाका हामेस रोड्रीग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गरे । चिलीका आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चार्ल्स अरान्गिजले पनि आफ्नो प्रहार खेर फालेन ।

कोलोम्बियाका लागि विलियम टेसिल्लोको प्रहार बाहिरीसंगै चिलिले खेल जित्ने मौका पायो । सान्चेजले अन्तिम प्रहारलाई गोलमा परिणत गर्दै चिलीलाई सेमिफाइनलमा लगे ।

प्रतिक्रिया दिनुहोस्