Logo

बागलुङको बरेङमा जीप दुर्घटनामा एकको मृत्यु



Spread the love

१४ असार, बलेवा। बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो ।

रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो ।

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए । –––रासस

प्रतिक्रिया दिनुहोस्