Logo

पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु



Spread the love

१४ असार , राजविराज। भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।

हनुमाननगरबाट भारदह जानेक्रममा स ४ प ८६२ नं को मोटरसाइकल हनुमानगर कङ्कालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । —रासस

प्रतिक्रिया दिनुहोस्