Logo

‘कोपा अमेरिकामा मेरो उत्कृष्ट प्रदर्शन हुन सकेको छैन ‘- मेस्सी



Spread the love

१४ असार, काठमाडौं । जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले स्थान सुरक्षित गरिसकेको छ ।

क्वाटरफाइनलमा २–० ले भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिनाले ब्राजिलसँगको भेट निश्चित गरेको हो । तर , कप्तान लियोनल मेस्सी एकपटक फेरी खेलमा चम्किनबाट चुकेका छन् ।

यदि ब्राजिललाई सेमिफाइनलमा पाखा लगाउन चाहन्छ भने अर्जेन्टिनाको लागि उसका कप्तान मेस्सीले आफ्नो उत्कृष्ट स्तरको खेल पस्कन पर्नेछ । भेनेजुएलासँगको खेलमा जित निकालेसंगै कप्तान मेस्सीले भनेका छन्, ‘अहिलेको कोपा अमेरिकामा मेरो उत्कृष्ट प्रदर्शन हुन सकेको छैन ।’

मेस्सीले भनेका छन्, ‘यहाँको मैदान साँच्चै कठिन छ । यी मैदानहरु राम्रो फुटबलका लागि योग्य छैनन् । मैदानको अवस्था खराब छ ।’ खेलमा अर्जेन्टिनाको बलियो पक्ष दबाब र काउन्टर अट्याक रहेको मेस्सीको भनाई छ ।

उनले भनेका छन्, ‘रक्षात्मक रुपमा हामीले कुनै पनि ठाउँ दिएका छैनौँ, हामीले काउन्टर अट्याक पर्खनु पर्ने अवस्था हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्