Logo

अफगानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिए



Spread the love


१४ असार,  अफगानिस्तान।  सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफ्गानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिएका छन् ।

देशको नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा परी उनीहरु मारिएका जिल्ला गभर्नर फाज्लुदिन मुरादीले जानकारी दिनुभयो । उहाँका अनुसार आक्रमणमा परी अरु नौ जना घाइते पनि भएका छन् ।

सरकारी अधिकारीहरुले घटनाका बारेमा पूर्ण विवरण आउन बाँकी भएको र अनुसन्धान भइरहेको जनाएका छन् ।

तालिबान लडाकूहरुले पछिल्लो दुई महिनामा सुरक्षा चौकीहरुमाथी आक्रमण गर्ने क्रमलाई तिव्रता दिएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्