Logo

गुल्मीमा पानीमा डुबेर एक जनाको ज्यान गयो



Spread the love

१४ असार, गुल्मी – गुल्मीमा माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको ईश्मा गाउँपालिका वडा नम्वर दुईका अन्दाजी ३५ वर्षीय होम बहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

माछा मार्न भनेर घरबाट हिडेका कुमालको स्थानीय छल्दी खोलामा डुबेर मृत्यु भएको बताईएको छ । घटनाको बारेमा थप अनुसान्धन भईरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

अहिले मृतकको शव पोस्ट मार्टमक लागि गुल्मी अस्पताल तम्घास ल्याईएको समाचार प्राप्त भएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्