Logo

छोराको जन्मदिनको अवसरमा सोलुखुम्बुबाट गुल्मीका अपाङ्गलाई २५ हजार सहयोग



Spread the love

१४ असार, गुल्मी – “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपर्छ”  गायक स्वरुप राज आचार्यले गाएको यो गीत देशभक्ति गीतमा मात्र नभई कुनै काल खण्डमा वास्तविक समेत बनेको छ । जसको पछिल्लो उदाहरण हो नेपालको पुर्वी क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लाबाट प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीमा पठाईएको आर्थिक राहत ।

गुल्मी छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दीनेटाकाको एक पिडीत परिवारको कथा जिल्लाको चर्चित गुल्मी टेलीभिजनले प्रशारण गरेपछि सोलुखुम्बुको जुनबेसी घर भई हाल अमेरीका बस्ने आङ फुर्वा लामा र छिरिङ शेर्पाले छोराको जन्मदिनको अवसरमा नगद रू २५ हजार रुपैँया आर्थिक सहायता रकम प्रदान गरेका हुन् ।

उक्त घर परिवारका चारै जना सन्तान जन्मजात अपाङग हुदाँ उक्त परिवार बिचल्लीमा परेको थियो । मदन भण्डारी राजमार्ग योजना कार्यलयका सुचना अधिकारी सुनित केसीले सहयोग गरेको नगद रू एक हजार सहित शनिबार टेलिभिजनले अशक्तको घरमै गएर रकम हस्तान्तरण गरेको हो ।

सल्लेरी खबरका प्रदेश सम्वाददाता तथा टेलिभिजनका समाचार प्रमुख डि.बि खड्का र टेलिभिजनका कार्यकारी प्रमुख दिपक नेपालीले उत्पादन गर्दै आएको उक्त कार्यक्रमबाट गुल्मी जिल्लाका धेरै पिडीतहरुले आर्थिक, तथा कानुनी राहत समेत पाउँदै आएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्