Logo

नेपाल आइडलकी अस्मिता अधिकारी र मातृका आचार्यको ‘दुई मुटु’ रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाल आइडल सिजन २ की सेकेन्ड रनर अफ हुन् अस्मिता अधिकारी । नेपाल आइडल सिजन २ पछि एकाएक चर्चामा आएकी थिइन् भने उनी ‘बारुला कम्मर’ र ‘तिम्रो मायाले बाँधेर राख’गीतबाट अझ चर्चाको शिखरमा पुगेकी छिन् ।

फेरी उनको तेस्रो गीतमा अस्मितासँगै गायक मातृका आचार्य स्वरमा रहेको ‘दुई मुटु’ नयाँ म्युजिक भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको यस अघि गायक आचार्यले अडियो भर्सन रिलिज गरिएको थिए ।

भिडियोमा बिनिता बस्याल र यज्ञ बस्यालको फिचर्ड रहेका छन् । पुरुषोत्तम न्यौपानेले सङ्गीत संयोजन गरेको गीतमा गायक मातृका आचार्यकै शब्दमा रहेको छ । म्युजिक भिडियोलाई जितु तामाङले नै छायांकन र निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्;

प्रतिक्रिया दिनुहोस्