Logo

विप्लवका गुल्मी जिल्ला सेक्रेटरी खड्का १ सय २२ दिन पछि रिहा



Spread the love

नेपाल सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का १ सय २२ दिन पछि रिहा भएका छन् । आइतबार खड्कालाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट पछि रिहाइ गरेको छ ।

फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले  समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई पक्राउ गरेको थियो । खड्का पक्राउ परे पछि नेपाल कम्युनिस्ट पार्टी गुल्मीले रिहाइको माग गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।

यो समाचार तयार पार्दा सम्म विप्लव पार्टीले विज्ञप्ति जारी नगरेता पनि सल्लेरी खबरले सम्पर्क राख्दा सर्वोच्चको निर्णय स्वागत योग्य भएको जानकारी दिएको छ ।

सरकारले विप्लव पार्टीलाई प्रतिबन्ध लगाएसँगै जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि विप्लव पार्टी माथि कडा निगरानी गर्दै आएको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज, विद्यार्थी सड्गठनका प्रमुख, जनसरकार प्रमुख लगायत सबैजसो नेताहरु भूमिगत भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्