Logo

विश्वकप क्रिकेट : वेस्ट इन्डिजले टस जितेर श्रीलंकाविरुद्ध पहिले फिल्डिङ रोज्यो



Spread the love

१६ असार, काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको खेलमा वेस्ट इन्डिजले टस जितेर श्रीलंकाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । यता श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ ।

श्रीलंकाको प्लेइङ ११ : दिमुथ करुणारत्ने(कप्तान),कुशल परेरा,अविष्का फ्रनान्डो,कुशल मेन्डिस,एन्जिलो मेथ्युज,लहिरु थिरिमने,धनञ्जय डी शिल्भा,इसुरु उडना,जेफरी वान्डरसे,कसुन राजिथ र लाथिस मलिंगा

वेस्ट इन्डिजको प्लेइङ ११ : क्रिस गेल,सुनिल एम्ब्रिस,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर,जोसन होल्डर,कार्लोसवर्थवेट,फबिएन एलिन,शैनन गेब्रियल,शिल्डन कर्टेल र ओशन थोमस ।

प्रतिक्रिया दिनुहोस्