Logo

रामेछापमा जीप दुर्घटना हुँदा ११ जना घाइते, २ को अवस्था गम्भीर



Spread the love

१६ असार, रामेछाप । रामेछापको मन्थलीबाट दोरम्बा जाँदै गरेको जीप भिमसेनस्थान नजिककै दुर्घटना भएको छ । जीप दुर्घटनाबाट ११ जना घाइते र घाइते मध्ये २ जनाको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बा १ ज ६४४१ नम्बरको टाटा सुमो जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थली तर्फ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्