Logo

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु



Spread the love

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर तिन ठाढुङ्गा  बस्ने ५२ वर्षीय ऐते सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिएका छन् ।

असार १५ गते देखी बेपत्ता सुनाको शव सोही वडाको सिँदुरे सामुदायिक वनमा फेला परेको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । शवलाई पोस्ट मार्टमको लागी सदरमुकाम तम्घास ल्याइँदै छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्