Logo

स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु



Spread the love

१९ असार, रुपन्देही । स्कुटर दुर्घटना हुदा एक युवकले ज्यान गुमाएको छ । आज बिहानै पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा सैनामैनाका २८ वर्षीय अजित सलामी थापा रहेका छन् ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएको ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्