Logo

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते



Spread the love

१९ असार, अर्घाखाँची । अर्घाखाँचीको  सुपादेउरालीको मन्दिर नजिकै जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कपिलवस्तुबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज १३२९ नम्बरकाे जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ज्यान गुमाएकाहरुको भने पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्