Logo

११० राउण्ड गोली र हतियार सहित विप्लव कार्यकर्ता पक्राउ



Spread the love

१९ असार, संखुवासभा- नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द ‘विपल्व’ समुहका एक कार्यकर्ता ११० राउन्ड गोली र अत्याधुनिक हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा संखुवासभाका दोर्जे तामाङ रहेको प्रहरीले बताएको छ। उनी संखुवासभामा नेकपा निकट रहेर राजनीतिक कृयाकलाप गर्दै आइरहेको र जिल्ला स्तरीय कार्यकर्ता रहेको जनाइएको छ । उनलाई सिलिचुङ गाउँपालिका वडा नम्बर १ होयाङ्लाबाट प्रहरीले पक्राउ गरेको हो ।

तमाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिन समेत बरामद गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । उनका अनुसार हतियार सहित पक्राउ परेका तामाङबाट पार्टीका दस्तावेज लगायत अन्य सामग्री समेत बरामद गरिएको छ ।

केही दिन अगाडि मात्रै विप्लब समुह र प्रहरीबिच संखुवासभामै दोहोरो गोली हानाहान भएको थियो । प्रहरी स्रोतका अनुसार चन्द समुहले वर्तमान अवस्थामा देशको पुर्वी भेगमा आफ्नो सकृयाता बढाईरहेको छ् । सरकारले उक्त समुहका सम्पूर्ण गतिविधीमाथी गत चैतमा प्रतिबन्ध लगाएपछी झन आक्रमक बन्दै गएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्