Logo

पल शाह र पूजा शर्मा स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर रिलिज (ट्रेलरसहित)



Spread the love

पल शाह र पूजा शर्मा स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रकर्मी तथा मिडियाकर्मीको उपस्थितीमा फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा विशेषत पल र पूजाको प्रेम र रोमान्सको पाटोलाई देखाउन खोजिएको छ ।

pujaa

यसअघि सार्वजनिक गीत ‘भन्छु आज’ अनि अडियो जुकवक्सका कारण नै सांगितिक रुपमा सशक्त देखिएको अनि गीत संगीत तथा प्रेमकथाको फिल्म निर्देशनमा अब्बल मानिने सुदर्शन थापाको कारण प्रतिक्षित बनेको फिल्मको ट्रेलर पनि आकर्षक बनाईएको छ ।puja-1ट्रेलरमा पल र पूजाको प्रेम प्रस्तुत छ भने पलले पुजा प्राप्तीको लागी गरेको संघर्षको कथा पनि जोडिएको छ । केहि सस्पेन्स त केहि रोदन बोल्ने ट्रेलरलाई पनि निर्देशक थापाले सांगितिक बनाएका छन् । फिल्ममा पल र पूजासँगै सरोज खनाल, रुपा राना र मोहन निरौला लिड अभिनयमा छन् । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् ।यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/lAFYY2Aa-Ys

प्रतिक्रिया दिनुहोस्