Logo

दुवै हात अशक्त, खुट्टाले लेखेरै स्कुल टप, भन्छन् “वैज्ञानिक हुने उद्देश्य लिएको छु”



Spread the love

२० असार, गुल्मी –  कुनै दृढ ईच्छा शक्ति भए जस्तोसुकै चुनौतिको पनि सामना गरि लक्ष्यसम्म पुग्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिएका छन् गुल्मीका एक बालकले । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ४ दिगामका शान्ता कंडेल तथा लक्ष्मण कंडेलका १४ वर्षीय छोरा ऋषिराम कंडेल ईच्छा शक्ति भए जस्तोसुकै चुनौतिका बाबजुद पनि प्रगति पथमा लम्किन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन् ।

जन्मजात आफ्ना दुवै हात गुमाएका कंडेलेले अहिले स्थानिय श्रृङ्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छन् । उनि कुनै शक्त विद्यार्थी भन्दा कम छैनन् । कंडेल खुट्टाले नै लेखेर आजसम्म कहिले विद्यालय प्रथम, द्वितीय तथा कक्षा प्रथम समेत हुँदै आएका छन् । उनका दुवै हात अशक्त भएता पनि आफुले कहिल्यै अशक्त भएको अनुभुति नगरेको बताउँछन् । उनि आँफै हिडुल गर्न सक्दैनन् र खाना खान, कपडा फेर्न समेत अभिभावकको सहारा चाहिन्छ । हरके दिन उनलाई विद्यालय ल्याउने तथा छोड्ने काम उनका बुबाले गर्दै आएका छन् ।

आइतबार सल्लेरी खबरसँगको कुराकानिमा उनले भने, “मेरो उद्देश्य भनेको वैज्ञानिक बन्ने छ । मलाई अशक्त भएकोमा कुनै दुखेसो छैन । म शक्तले भन्दा पनि बढि गरेर देखाउनेछु ।”  उनले अगाडी थपे “मेरो लागि परिक्षामा थप समय छुट्याईएको हुन्छ, तर म थपिएको समय कहिल्यै प्रयोग गर्दिन ।”

कंडेललाई हेर्दा उनले प्रतिभावान् नेपाली महिला स्रष्टा झमक कुमारी घिमिरेको झल्को समेत दिन्छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्