Logo

गुल्मीका सबै स्थानीय तहका केन्द्रको टुङ्गो लागिसक्दा मन्त्री विष्टको गाउँको भने अझै अन्योल



Spread the love

२१ असार, गुल्मी – प्रदेश नम्वर पाँचको पहाडी जिल्ला गुल्मीका १२ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तहको केन्द्रको स्थान टुङ्गो लागिसक्दा मन्त्री गोकर्ण विष्टको गाउँमा भने अझै केन्द्रका स्थानको टुङ्गो लाग्न सकेको छैन । मन्त्री विष्टको ईश्मा गाउँपालिकाको केन्द्रको टुङ्गो अझै नलागेको हो ।

स्थानीय तहको निवार्चन भएको दुई वर्ष बितिसक्दा मन्त्रीकै गाउँको केन्द्रको टुङ्गो नलाग्नु लज्जास्पद विषय बनेको छ । जिल्लाका अन्य ११ वटा स्थानीय तह मध्ये धुर्कोट गाउँपालिका स्थायी रुपमा आफ्नै भवनमा सरेको छ भने जिल्लाको दोस्रो विकट मालिका गाउँपालिका पनि अस्थायी रुपमै भए पनि आफनै भवनमा सरेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका बाहेक अन्य स्थानीय तहले यति बेला जग्गा खरिद तथा भवन निर्माणको प्रक्रिया अगाडि बढाईरहेको बेला ईश्मा गाउँपालिका भने विवाद समाधान र छलफल मै व्यस्त रहेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले असार मसान्त भित्र गाउँपालिकाको केन्द्रको बारे टुङ्गो लाग्ने बताए । आँफुहरु गाउँपालिकाको केन्द्रको स्थानबारे टुङ्गो लगाउन लागिपरेको परेको समेत उल्लेख गरे ।

यता नेपाली काङ्ग्रेस वडा नम्वर ६ का सभापति रेशम कुँवरले .भने धेरै नेता र सत्ता पक्षकै लुछाचुडिका कारण दुई वर्ष बिति सक्दा पनि गाउँपालिकाको केन्द्रको टुङ्गो लाग्न नसकेको बताएका छन् । अहिले ईश्मा गाउँपालिकाले वडा नम्वर ५ स्थित रजस्थलबाट सेवा प्रदान गर्दै आएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्