Logo

संसदमा श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न



Spread the love

२३ असार, काठमाडाैँ – प्रतिनिधिसभाको आइतबारको विशेष समयमा संसद्ले श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाएको छ । बैठकमा भाग लिँदै सांसद पम्फा भुसालले सैनिक श्रीमती सङ्घ र प्रहरी श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाइन् ।

सांसद लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तराई मधेशमा भएका घटनाको अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

त्यसैगरी बैठकमा भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षणपछि मात्र आयात गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो । ध्यानाकर्षण गर्नुहुने सांसदमा प्रेम सुवाल, दुर्गा पौडेल र दिलेन्द्रप्रसाद बडू थिए ।

सरकारले केही समयअघि फलफूल तथा तरकारीको परीक्षण गर्दा विषादी फेला परेपछि भारतबाट आयात भएका फलफूल तथा तरकारीको आयातमा रोक लगाएको थियो । सदनमा सांसदले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलफूल तथा तरकारी आयात खुल्ला गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्