Logo

ग्रीजम्यानको जर्सी नंबर ७ जोआ फिलिक्सलाई



Spread the love


२३ असार, काठमाडौं । हाल प्रिसिजन टुरमा एथ्लेटिको मड्रिडका खेलाडीसँग एन्टोनी ग्रीजम्यान उपस्थित हुने छैन् ।तर क्लबले उनको स्थानमा १९ वर्षीय जोआ फिलिक्सलाई जर्सी नं ७ दिएको छ।

यसै महिनाको सुरुवातमा उनलाई बेनिफिकाबाट एथ्लेटिकोले १२६ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो।

 हाल ग्रीजम्यान बार्सिलोनासँगको अन्तिम छलफलमा छन्। गत सिजन बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यो बेला बार्साको अफर अस्वीकार गरेका ग्रीजम्यान यतिबेला भने बार्सिलोना आउन चाहिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्