Logo

आजबाट मिडिया कप इन्डोर क्रिकेट सुरू



Spread the love

२४ असार, काठमाडौं – ‘मग माग क्रिकेट मेनिया’ मिडिया कप इन्डोर क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । आयोजक एक्सन स्पोर्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता मंगलबारबाट सुरु हुने जनाएको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । दुई टोलीलाई २ समूहमा विभाजन गरेर खेल खेलाईनेछ । समूहको शीर्ष टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा समूह ‘ए’ मा एनएसजेएफ, एपी वान, सुबिसु, मेरो टिभी र दि हिमालयन टाईम्स रहेका छन् । समूह ‘बी’ मा डिस होम मिडिया नेटवर्क, एक्सन स्पोर्ट्स, रेडियो नागरिक, सगरमाथा र नयाँ पत्रिका दैनिक रहेका छन् ।

भेलोसिटी एरिनामा हुने प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार पाउने छन् । उपविजेताले ५० हजार पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक रन बनाउने खेलाडीले समान ५/५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्