Logo

१५ मिनेटलाई स्थगित भएको बैठक बुधबारसम्मका लागि स्थगित



Spread the love

२४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो।

आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसहरुले गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद बैठक अवरुद्ध गरेका छन् । प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए।

संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। तर, जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस र राजपाले रोष्टम घेराउ गर्दै संसद अवरुद्ध गरेका हुन्।

सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि स्थगित भएको बैठक सुचारु गराउन पहल गरेका थिए। तर सत्तारूढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएसंगै बैठक सूचना मार्फत् स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस्