Logo

११ औं राष्ट्रपति रनिङ शिल्डका लागि गुल्मीबाट ८६ खेलाडी छनोट,(नामावली सहित )



Spread the love

 

२४ असार, गुल्मी – ११ औं राष्ट्रपति रनिङ शिल्डका लागि गुल्मीबाट ८६ जना खेलाडी छनोट भएका छन् । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ असार २५र २६ गते प्रदेश नम्वर पाँचको पाल्पामा आयोजना हुन लागेको प्रतियोगिताका लागि गुल्मीबाट ६ विधामा महिला र पुरूष गरि ८६ जना खेलाडी छनोट भएको जिल्ला खेलकुद कार्यलय गुल्मीले जानकारी दिएको छ ।

गुल्मी जिल्लाका १२ वटा स्थानिय तहका ३ सय खेलाडीलाई असार २२ र २३ गते सदरमुकाम तम्घासमा छनोट गरिएको थियो । गुल्मीबाट छात्र कबड्डीमा टोप बहादुर सतुङे , युवराज रायमझी ,राजेन्द्र खत्री ,सचिन पचभौया ,विशाद गाहा ,कपिल सिंजाली , महेन्द्र केसी , सन्दीप भर्ताल , सचिन विक छनोट हुन सफल भएका छन् । छात्र भलिबलमा विनोद विक , क्रिस परियार ,विश्वास सुनार ,राजन विक , विक्रम थापा , दिपक खड्का , मनिष कुँवर , शुसिल रास्कोटी ,विशाल पाण्डे टिममा पर्न सफल भएका छन् ।

त्यस्तै, छात्रा भलिबलमा निमर्ला , सम्झाना कुँवर ,मिना पोख्रेल, लक्ष्मी रजाली (क) लक्ष्मी रजाली (ख) , नविना पहराई , धनकुमारी रायमझी , मनमाया राना र करिष्मा नेपाली छनोट भएका छन् । त्यसैगरी छात्रा कबड्डीमा कोपिला विक, श्रीजना विक, सरस्वती सारु, भिमकला बुचा, सम्झान कुँवर , सीता राना , सबिना क्षेत्री, चुरी कुमारी राना र मनमाया राना छनोट हुन सफल भएका छन् ।

छात्र कराते अन्तर्गत ४२ केजी उमेर समुहमा किस्मत बस्नेत , ४७ केजी उमेर समुहमा विकास सापकोटा, ५२ केजी उमेर समुहमा भिम बहादुर बलाल छनोट हुदाँ छात्रा कराते तर्पको ४० केजी उमेर समुहमा सुलोचना भण्डारी , ४५ केजी उमेर समुहमा अञ्जना सारु , ५० केजी उमेर समुहमा सरस्वती सारु छनोट हुन सफल भएका छन् । छात्र तेक्वान्दोको ४५ केजी उमेर समुहमा ववि गुरुङ, ४८ केजी उमेर समुहमा विशाल थापा , ५१ केजी उमेर समुहमा दिपेन्द्र चुदारा छनोट हुँदा महिला तेक्वान्दो तर्फको ४२ केजी उमेर समुहमा अरुणा रायमझी, ४४ केजी उमेर समुहमा दिपा पुन  र ४६ केजी उमेर समुहमा अञ्जु नेपाली छनोट भएका छन् ।

४०० मिटर रिले दौडमा आकश बुढा मगर , प्रेम हिताङ, सुरज रसायली, रमेश विष्ट , छनोट हुदाँ महिला तर्फ भने सचिना पाभैया , धनमाया राना , मनिषा बोहोरा , मनमाया राना , छनोट भएका छन् ।

छात्र हाईजम्पमा तेजेन्द्र खत्री र छात्रामा रिता राना छनोट भएका छन् । लङगजम्पमा विकास सुनार र सन्तोषी कुवंर छनोट भएका छन् । त्रिपल्ल जम्पमा सन्तोष मुखिया र धनमाया राना छनोट हुदाँ ज्यभ्लिङमा अर्मित खत्री र दुर्गा भर्ताल छनोट भएक छन् ।

१०० मिटर दौडमा प्रकाश केसी र सचिना पचभैया , २०० मिटर दौडमा पनी प्रकाश केसी र सचिना पचभैयाले आफ्नो स्थान सुरक्षित बनाउँन सफल छन् । ४०० मिटर दौडमा विशाल अधिकारी  र मनिषा सेन छनोट भएका छन् । ८०० मिटर दौडमा विश्व कार्की र धनमाया राना छनोट हुँदा १५ सय मिटर दौडमा निशान टण्डन र मनिषा बोहोरा छनोट भएका छन् ।

३ हजार मिटर दौडमा विवेक आर्चाय र जमुना कुंवर छनोट भएका छन् । त्यस्तै रिले दौडमा जिवन खड्का , रमेह चदारा , सन्तोष मुखिया , विशाल अधिकारी छनोट हुदाँ  महिला तर्फ भने सचिना पचभैया ,धनमाया राना, मनिषा बोहोरा, नेत्रकला पछाई छनोट भएका छन् ।

११ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका खेलाडीले असार २५ र २६ गते पाल्पामा प्रतिस्पर्धा गर्नेछन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्